इटालियन पेस्तोल र गोली बोकेर हिँडेपछि…

सिरहा धनगढीमाई नगरपालिका-११ आँप चोकबाट पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले १ थान इटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिनसहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीवार बिहान पक्राउ गरेको हो ।

उक्त चोकस्थित सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया