जुम्ल्याहा ईन्जिनियर लामाको पहलमा खानिखोलामा बृहत्त निःशुल्क स्वास्थ्य शिविर हुँदै

जुम्ल्याहा ईन्जिनियर डा. राम लामा र ई.लक्ष्मण लामाको विशेष पहलमा खानिखोलामा आगामी चैत्र ६ गतेदेखि ८ गतेसम्म बृहत निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिने भएको छ । उक्त शिविरमा विशेष गरेर मुटु रोग र स्त्री रोग (महिला प्रजनन स्वास्थ्य जाँच) हुने लामा दाजुभाईले जनाएका छन् ।

उक्त शिविरको आयोजकमा भने नेपाल परिवर्तनशील समाज, रोटरी क्लब अफ धुलिखेल, नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे, शाखा रहेका छन् । त्यस्तै, यो शिविरको सपोर्टिङ पार्टनरमा भने ह्युल्ला ग्रुप प्रा.लि. र मान्द्रो रेष्ट्रो एण्ड थकाली भान्छा प्रा.ली. रहेका छन् ।

शिविरको मिडिया पार्टनरमा भने रिपोर्टर्स नेपाल डटकम अनलाईन, डाँडापारी सन्देश र रेडियो गौरव रहेका छन् । शिविर भने खानीखोला गाउँपालिका ४, जगथली स्वास्थ्य केन्द्रमा हुने जनाईएको छ ।

प्रतिक्रिया