अक्षराका विद्यार्थीको फोहोर व्यवस्थापनमा सत्यम्, शिवम,सुन्दरमको प्रयोग

काठमाडौं   – अक्षरा स्कुलका विद्यार्थी शुक्रवार विद्यालय प्राङगणमा जम्मा भए । केहीले हातमा ‘प्लाष्टिक प्रयोग नगरौं’ लेखिएको व्यानर बोके, केहीले हातमा कपडाको झोला बोके । अनि स्कुल आसपासका वस्तीहरुमा ¥याली सहित पुगे । प्लाष्टिक प्रयोग नगर्न अनुरोध गर्दे प्लाष्टिको साटो कपडाको झोला प्रयोग गर्न सुझाव दिए । साँगसँगै झोला पनि वितरण गरे ।

विद्यालयमा गठन गरिएको स्टुडेन्ट काउन्सिलको अगुवाइमा उक्त चेतनामुलक ¥याली आयोजना गरिएको थियो । प्लाष्टिक प्रयोग गर्दा त्यसले वातावरणमा पार्ने असर र प्रयोग गर्न नहुने कारण सहित विद्यार्थीहरुले विद्यालय आसपासका वस्तीहरुमा, पसल पसलमा पुगेर विभिन्न व्याक्तिहरुलाई बुझाएका थिए ।

‘आज हामीले काँडाघारी क्षेत्रमा प्लाष्टिक प्रयोग नगरौँ भनेर ¥याली ग¥यौं,’ कक्षा ७ का कृशव पोखरेलले भने, ‘स्कुलले उपलब्ध गराएको झोला हामीले टोलभरी वितरण गर्दे प्लष्टिक प्रयोग गर्नु हुदैन भन्ने सन्देश दियौँ ।’

विद्यालयको एघाराँै जन्मोत्सवको अवसर पारेर विद्यार्थीले यो कार्यक्रम आयोजना गरेका हुन् । अरु समयमा पनि विद्यार्थीहरुले वातावरण सुधारको लागि यस्ता अभियान चलाई राख्छन् ।

विद्यालयको फोहोर व्यवस्थापनमा पनि उनिहरु सक्रिय रहने गरेका छन् । उनिहरुले विद्यालयमा कुहिने र नकुहिने फोहोर छुट्याउछन् र कुहिने फोहोर मल बनाउ“छन् ,नकुहिने फोहोरलाई व्यवस्थापन गर्छन् ।

फोहोर कसरी व्यवस्थापन गर्ने भनेर सबैलाई जानकारी हुनु पर्छ,’ कक्षा ७ कै महिमा जोशीले भनिन्, ‘फोहोर ठोस र तरल दुवै हुन्छ । यसलाई चिनेर कुन चाहिँ काम लाग्ने हो, कुनचाहि काम नलाग्ने हो भनेर छुट्याउनु पर्छ ।’

फोहोर ठोस र तरल गरी दुई किसिमका हुन्छन् । ‘घर विद्यालयमा प्रयोग गरेर काम नलाग्ने भनेर फकिएका वस्तु नै ठोस फोहोर हुन्,’ कक्षा ७ की आरुषी वस्नेतले भनिन्, ‘जो काम नलाग्ने भनेर फालिएको हुन्छ, त्यो अर्काे काममा प्रयोग हुन पनि सक्छ । ती फोहोर वस्तु कतै कच्चा पदार्थको रुपमा पनि प्रयोग हुन सक्छन् । प्लाष्टिक, कागज, फलामका टुक्रा, सङका बट्टा, सिसाका बोतल जस्ता ठोस वस्तु अरु काममा प्रयोग हुन सक्छ भनेर अरुलाई पनि बुझाउने काम गर्छाै ।’

फोहोरले मान्छे कति सभ्य छ भनेर थाहा हुने कक्षा ७ मै पढ्ने शिभान शर्माले बताए । ‘सगरमाथा संसारकै अग्लो ठाउ“ हो । सगरमाथा चढ्न मान्छे जान्छन् । तर सगरमाथामा फोहोर भयो भने के हुन्छ ?,’ उनले भने, ‘ओहो कस्तो फोहोर रहेछ भन्ने हुन्छ नि । सगरमाथाको रक्षा गर्नु भनेको त्यसलाई फोहोर नगर्नु हो । हामी सिंगापुर कस्तो सफा भन्छौं । स्विजरलैण्ड पनि सफा रहेछ भनेर चर्चा हुन्छ । तर नेपाल फोहोर रहेछ भनेर चिनियो भने के हुन्छ ? त्यसैले हामी सजग हुनु पर्छ । वातावरण जोगाउनमा हाम्रो भूमिका रहन्छ ।’

फोहोर व्यवस्थापनबाट विद्यार्थीले शिक्षा पनि लिइराखेको बताए । शिक्षामा सत्यम्, शिवम र सुन्दरम गरी तीनवटा तत्व हुनु पर्ने भनेर आफूहरुले स्कुलमा सिकेको पोखरेलले बताए । ‘फोहोरबाट हामीले सत्यम्, शिवम र सुन्दरमको अभ्यास गरिराखेका छौं,’ पोखरेलले भने, ‘प्लाष्टिकले वातावरण विनास गरेको छ । यो सत्यम भयो । प्लाष्टिकलाई फेरि प्रयोग गर्नु भनेको शिवम् हो । शिवम् भनेको सेवा हो । प्लाष्टिकलाई झोला बनाएर समाजलाई बा“ड्नु सेवा हो । सुन्दरम भनेको चाहिँ नया“ तरिकाले काम गर्नु हो । फोहोर मुक्त समाज बनाएर संसारलाई नै सुन्दर बनाउने सोच्नु चाहिँ सुन्दरम हो । हामीले फोहोर व्यवस्थापनमा सत्यम, शिवम् र सुन्दरको पक्षबाट हेरेका छौं ।’

जलवायु परिवर्तनले पारेको असरलाई स्कुल स्तरबाट कसरी न्युनिकरण गर्न सकिन्छ भनेर प्रयास गरिरहेको स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराइले बताईन् । ‘विद्यालयमा पढ्ने विद्यार्थीले बुझे भने उनका अभिभावकले बुझ्छन् । कम्तीमा ६ सय विद्यार्थी र अभिभावले मात्रै बुझ्नु भयो भने पनि यसको प्रभाव त निकै ठूलो हुन्छ,’ उनले भनिन् ।

विद्यालयले कोर्समै राखेर फोहोरको कसरी प्रयोग गर्ने भनेर सिकाइ राखेको छ । कक्षा २ र ३ का विद्यार्थीलाई कागजबाट कसरी झोला बनाउने भनेर सिकाइन्छ । ४ र ५ का विद्यार्थीलाई भने थोत्रा कपडाबाट झोला बनाउने तरिका सिकाइन्छ । ‘अनलाईन कक्षाले गर्दा झोला बनाउने सिकाइमा केही असर ग¥यो, भट्टराईले भनिन्, ‘जलवायु परिवर्तनको असर कम गराउन स्कुलबाटै प्रयास गर्नु पर्छ ।

साथै विद्यालयले १० वर्ष पूरा गरेको अवसरमा १० वर्ष शिक्षण गर्ने शिक्षकलाई सम्मान समेत गरेको थियो ।

source:khabareducation.com

प्रतिक्रिया

सम्बन्धित समाचार