नेपाल प्याब्सनकाे राष्ट्रिय अध्यक्षमा डि.के ढुङ्गाना निर्वाचित

काठमाडौं । प्याब्सनकाे राष्ट्रिय अध्यक्षमा रेडियन्स स्कुलका फाउन्डर प्रिन्सिपल डि. के ढुङगना निर्विरोध निर्वाचित भएका छन् ।

यही चैत्र ९ र १० गते सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ नारासहित काठमाडौंकाे कमलादीस्थित प्रज्ञा भवनमा भएको निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन , नेपालकाे १५ ओैँ राष्ट्रिय अधिवेशनबाट रेडियन्स रिडर्स एकेडेमीका फाउन्डर प्रिन्सपल डि. के ढुङ्गाना सर्वसम्मत रूपमा निर्वाचित भएका हुन । उहाँ विगतमा प्याब्सनका राष्ट्रिय उपाध्यक्ष हुनु हुन्थ्याे ।

 

प्याब्सनकाे हरेक ३ / ३ बर्षमा हुने राष्ट्रिय महाअधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने प्राबाधान गरेकाे छ । महाअधिवेशमा देशभरका स्कुलहरूकाे ३००० भन्दाबढी महाअधिवेशन प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियोे । वरिष्ठ उपाध्यक्षमा उठनु भएका सिद्धर्थ विद्यापिठका दीपिका रिमाल थापा राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

त्यसै गरि राष्ट्रिय महासचिवमा नेक्सस् स्कुलका प्रिन्सिपल आर वी कटवाल, उप महासचिव मेरी गाेल्ड स्कुलका फाउन्डर भूवनलाल श्रेष्ठ लगायत  ८६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार