मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहको पूर्व निर्धारित कार्यक्रम स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको छ । चैत १६ गते गर्ने लागिएको दोस्रो दीक्षान्त समारोह कार्यक्रम स्थगित गरेको हो ।

दीक्षान्त समारोह सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट फागुन ११ गतेको पत्रानुसार चैत १६ गतेलाई समारोहको समय निर्धारण गरिएको र त्यसै अनुरुप विश्वविद्यालय सभाका सदस्यहरु, विशिष्ट अतिथिहरु,प्रध्यापक, कर्मचारी एवं विद्यार्थीलाई पत्राचार गरीएको जानकारी दिँदै विशेष कारणले हाललाई दीक्षान्त समारोह स्थगित गरिएको जानकारी दिएको छ ।

साथै विश्वविद्यालयको उक्त पूर्व निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया