गजल दिन उस्तै छ अनि रात उस्तै-प्रेम राई “परिक्षित”

दिन उस्तै छ अनि रात उस्तै उमेर उक्लियो तर साथ उस्तै।
माया गर्नेको रङ्ग एउटै हुन्छ हेर,लालुपाते फूल पात उस्तै।
शिशिर याम या होस शरद तिमी हुँदा सबै मास उस्तै।
तिमी मुना म मदन कथाको ढुकढुकी अनि श्वास उस्तै तिमी फूल हौ म हूँ पराग यो संबन्धको हेर बास उस्तै तिम्रो खुसीमा रमाउँछ यो मन माया गर्नेको हेर जात उस्तै।

प्रतिक्रिया