बैशाख १९ गतेबाट बुढानीलकण्ठ स्कुलको छात्रवृत्ति परीक्षा हुने

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बुढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरुमा निशुल्क अध्ययनका लागि आवेदन माग गरीएको छ । कक्षा ५ देखी आवसीय रुपमा निशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेन्दार बालबालिकाहरुमध्येबाट छात्रवृत्ति छनोटका लागि आवेदन माग गरीएको हो ।

इच्छुक विद्यार्थीहरुले २०७९ बैशाख १८ गते आइतबार बिहान १० बजेदेखि ४ बजेसम्म र १९ गते सोमबार बिहान ८ बजेदेखि १० बजेसम्ममा आवेदन फारम बुझाउनुपर्ने छ । साथै बैशाख १९ सोमबार बिहान ११ बजे लिखित परीक्षा सञ्चालन गरीने जनाएको छ ।

त्यसैगरी २०६८ बैशाखदेखि २०६९ चैतमसान्तभित्र जन्म भइ कम्तिमा २ वर्ष अगाडीदेखि सामुदायिक विद्यालयमा नियमित रुपमा अध्ययन गरी शैक्षिक सत्र २०७८ मा कक्षा ४ अध्ययन पुरा गरेका छात्र छात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुनेगरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनौट गरीने जनाएको छ ।

प्रतिक्रिया