नेशनल प्याब्सन भक्तपुरको जुनियर फुटसल प्रतियोगितामा इडेन गार्डेन स्कुल विजयी

भक्तपुर । नेशनल प्याब्सन भक्तपुरले सदस्य विद्यालयहरु बीचको अन्तर विद्यालय जिल्ला स्तरिय जुनियर फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा आरक्षण नेशनल एकेडेमीलाई २–० गोलले पराजित गर्दै इडेन गार्डेन स्कुल विजेता भएको छ ।

चैत्र १४ र १५ गते गरी दुई दिन भएको उक्त फुटसल प्रतियोगितामा फस्ट रनरअप आरक्षण नेशनल एकेडेमी, सेकेन्ड रनरअप क्वालिटी र एसएस सदन स्कुल र मदरल्याण्डले फेयर प्ले टिम उपाधि हात पार्न सफल भएको छ । साथै उत्कृष्ट खेलाडीमा आरक्षण नेशनल एकेडेमीका आर्यन बुढाथोकी र उत्कृष्ट गोल रक्षकमा क्वालिटी स्कुलका सुमन तामाङले हात पारे ।

नेशनल प्याब्सन भक्तपुरमा रहेका सदस्य विद्यालहरुको कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रहरुको सहभागीमा जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगिता सम्पन्न गरिएको कार्यक्रम संयोजक सुमन शिल्पकारले जानकारी दिए ।

प्रतियोगिताको समापन एवं पुरस्कार वितरण समारोहका प्रमुख अतिथि नेशनल प्याब्सनका नवनिर्वाचित राष्ट्रिय अध्यक्ष पाण्डब हमालद्वारा विजेता खेल समूहलाई शिल्ड तथा प्रमाणपत्र र नेशनल प्याब्सनका भक्तपुरका अध्यक्ष संजय खड्काले मेडल वितरण गरेका थिए ।

प्रमुख अतिथि हमालले नेशनल प्याब्सन भक्तपुरको एकिकृत टिमले गरेको विविध कार्यक्रमबाट देशैभरका जिल्लाले पनि सिक्नु पर्ने बताउँदै प्रसंशा गरे । कार्यक्रममा केन्द्रीय सहकोषाध्यक्ष बिक्रम ढुकुछु, केन्द्रीय सदस्य जीबी खड्का, बागमती प्रदेश उपाध्यक्ष पुण्यराम कवां लगाएतको उपस्थिति रहेको थियो ।

source:- khabareducation.com

प्रतिक्रिया