रमितेको मेरो गाउँ -प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुलकी प्रबन्ध निर्देशक पवित्रा लिम्बू

रमितेको गाउँ मेरो म रमिते, मेरा बाउ रमिते, मेरा बाजे रमिते रमिता हेर्नु बाहेक मेरो न बुद्धी छ न हाम्रो कुनै हैसियत नै हिज पनि मेरा गाउलेहरु।।

एक मुरी धानको सपना देख्ते आज पनि ति गाउलेहरु सेतो भात को सपना पो पाउछु कि कत्तै भन्दै भोक्कै सुत्छन् तर पनि हामीलाई बिहानिको रमिता प्यारो छ को कहाँ पुगे, कती पानी बगे कती रगत तर पनि मेरो गाउँको नाक नक्सा न फरक भो न बदले मेरो गाउलेको भाग्य।।

हिज पनि मेरो गाउमा रमिता लाग्थ्यो आज पनि हामी रमिता नै हेरिरहेछौं रमितेको भाग्य जो लिएर जन्मिएका हामी प्रतेक चोटि मेरो गाउँमा त्यही चटके नयाँ नयाँ रुप फेरी फेरी गाउँमा चटक देखाउन अाइरहन्छ प्रतेक चोटि उस्को चटकमा केही छीणलाई भए पनि रमाउन उस्ले बाडेको सपनामा निदाउन मेरो गाउलेको ठुलो झुण्ड भेला हुन्छ।।

केही बेर हास्छौं, रमाएको नाटक गर्छौं एक्कै छिणको रमिता देखाएर त्यो चटके मेरो गाउँ लुटेर जान्छ रमितेको गाउँ न जो हो हजुर ताली बाहेक बजाउन नै मेरा गाउलेहरुले के नै सक्छन् र ? तरर ।।तररर …..

प्रतिक्रिया