शिक्षक र कर्मचारीको सेवा सुविधा एउटै हुने छ -शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक र कर्मचारीको सेवा सुविधाको व्यवस्था एउटै किसिमको बनाउने गरी लागिपरिरहेको बताएका छन् । मंगलबार सार्वजनिक विद्यालय सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरिक्रयामा उपत्यकाका शिक्षा, विकाश तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरूसँग यस्तो बताएका हुन् ।

त्यसैगरी शिक्षामा चाहेको कामगर्न बजेटको कमीनहुने बताउँदै शिक्षा सुधार गर्ने पदीय जिम्मेवारी आफूहरुको भएको र सामुदायिक विद्यालय सर्धान सामूहिक संकल्पको आवश्यक रहेको बताए ।

“राज्यको जोड र ध्यान सार्वजनिक विद्यालय सुधार्नतिर रहेको छ”, मन्त्रीपौडेलले भने, शिक्षामा सुधारकालागि सरोकारवाला पक्षहरु पनि प्रयासरत रहनुपर्ने र शिक्षकले कतव्र्य भूल्न नहुनेमा जोड दिए ।

भुकम्प प्राधिकरण एवम् राष्ट्रपति शैक्षिक सुधारबाट विद्यालयको भौतिक पूर्वाधार बनिरहेको बताउँदै शिक्षालाई गुणस्तर बनाउनु मुख्य कुरा रहेको सुनाए ।

तत्काल भएकै शिक्षकबाट शिक्षा प्रणाली चल्ने बताउँदै उनीहरुको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले तालिम गोष्ठीको आयोजना गर्ने बताए ।

“तत्काल नयाँ शिक्षक ल्याउन सकिने अवस्था हुँदैन, भने, “शिक्षकलाई प्रोत्साहित गरी अघि बढ्दै नयाँ शिक्षकलाई भित्राउने हो । ”

अन्तरक्रियामा सहभागीहरुले संघीय शिक्षा ऐन नआएको, एक विद्यालय एक नर्सः विद्यार्थी संख्याको आधारमा एक नर्सबाट गाह्रो भएकोले विद्यार्थी संख्याका आधारमा हुनुपर्ने, दरबन्दी मिलानको नाममा पालिकालाई तरबार तेस्राएको लगायतका विषय राखेका थिए ।

प्रतिक्रिया