कक्षा १२ को परीक्षाको समय परिवर्तन, बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुने

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय परिवर्तन गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा सञ्चालनको समय परिवर्तन गरेको हो ।

यस अघि सार्वजनिक गरेको परीक्षा समय अनुसार बिहान ११ वजेदेखि २ बजेसम्म हुने गरी सूचना प्रकाशित गरिएकोमा त्यसलाई परिवर्तन गरि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया