नेपाल सरकारले स्कुल दुई दिन बिदा गर्ने निर्णयको बारे काठमाडौं जिल्ला प्याब्सन अध्यक्षको केही सुझाब

चालू आर्थिक वर्षमा कमर्सियल बैंकको नाफा ६५ अर्ब, बिकास बैंकको नाफा ३५ अर्ब , हजारौको सङ्ख्यामा रहेको सहकारी संस्था र फाईनान्स कम्पनिको नाफाको कुरै छोडौ।तर बैंकमा कसरी तरलता अभाव भयो ? किन रिण प्रवाह गरिदैन? रिण प्रावाह गरी किन उत्पादन बढाइदैन?कोभिडले हाम्रो शिक्षा तहस नहस पार्यो? त्यो तहसनहस भएको शिक्षालाई सामान्य आवस्थामा ल्याउन थप योजना ल्याउनु पर्नेमा बिदेसी मुद्राको सन्चितिको कुरा जोडेर नयाँ शैक्षिक सत्र देखि शनिवार र आईतवार दुई दिन स्कुल बिदा दिने कुराले हाम्रो शिक्षा कहाँ पुग्छ? बिदा दिने कुरामा बिदेसिको सिको गर्ने र काम चाहिँ आफ्नै ढर्रामा गर्ने प्रवृतिले हाम्रो शिक्षा कहाँ पुग्ला?
२०७९ साल ११ महिने सत्र ( बैशाख गणना नहुने)  ४८ हप्ता × दुई दिन= ९६ दिन(शनिबार,आईतबार) बैशाख महिना= २४ दिन चाडबाड बिदा= ३१ दिन त्रैमासिक/ अन्तिम परीक्षा = २४ दिन जाडो गर्मी बिदा= १५ दिन चैत्र २०७९ = करीव १० दिन अन्य भैपरी आउने बिदा/ बन्द =१० दिन जम्मा पढाइ नहुने जम्मा दिन =२०० दिन  जम्मा पढाइ हुने दिन ३६०-२००= १६० दिन
आईतवार बिदा नगर्दा सरकारले तोकेको कार्यदिन २२० दिनमा १६० + ५२ आईतबार गरि २१२ दिन पढाइ हुन्थ्यो। जुन शिक्षा मन्त्रालयले तोकेको जम्मा कार्यदिन नजिक नजिक पुग्थ्यो।
मेरो बिचारमा शनिबार र आईतबार दुई दिन स्कुल बिदा गर्ने सरकारको निर्णय व्यबहारिक देखिदैन।अबको मूल्याङ्कन पद्दती अनुसार हरेक बिषयमा उतिर्ण हुन लिखित तर्फ ३५ प्रतिशत ल्याउनै पर्ने ब्यवस्था गर्ने अनि विद्यालय खोल्ने दिन चाहिँ घटाउदै जानाले हाम्रा बाबू नानिहरुको भविष्य के होला?
सरोकारवालाहरुले यो बिषयमा सोचेका छन?? नेपाल सरकारले यो बिषयमा गम्भीर भएर सोचोस र निर्णयमा पुनर्बिचार गरोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार