नागार्जुन नगरपालिकामा उत्कृष्ट स्कुल न्यु क्रियटिभ इङ्लिस बोर्डिङ स्कुल ( NCEB School) परेको छ

नागार्जुनको उत्कृष्ट स्कुल ,क्रीयटिभ इङलिस बाेडिङ्ग (NCEB Schoo) को रुपमा परिचित रहेको छ । वालवालिका बिल्डिङ हेरेर भर्ना गर्ने हो भने त सामुदायिक स्कुलहरुमा धेरै लगानी छन् नि , तर ज्ञान, संस्कार र जीवन सफलताको लागि एउटा उत्कृष्ट स्कुल हो ,एनसिइबी स्कुल।

काठमाडौंको नागार्जुन नगरपालिका, वडा नं १, रानीबनमा रहेको यो स्कुलले स्थापनाको १६ बर्षमा १२ ब्याच एसइइ बिद्यार्थी उत्तीर्ण गराइ सकेको छ ।

वालवालिकालाई चाहिने केयरिङ तथा लबिङ् वातावरण यहाँ रहेको छ, अभिभावकले भन्ने गर्दछन् । स्कुल खोल्ने र चलाउने शिक्षकले हो भन्ने मान्यता अनुसार यो स्कुल पनि अंग्रेजी, गणित र बिज्ञान शिक्षक मिलेर खोलेको स्कुल हो । नगर शिक्षाको परीक्षा समितिले सञ्चालन गरेका परीक्षाहरुमा दुबै पटक एनसिइबी स्कुल ( NCEB School) का बिद्यार्थीहरु रञ्जना सारु २०७५ र आर्यन बस्ताकोटी ,२०७६ मा नगर टप भएर मेयरको हातबाट सम्मान पनि पाइसकेका छन्। यसैगरी यस विद्यालयका बिद्यार्थीहरु बिभिन्न प्रतियोगिताहरुमा विजयी हुने गरेका छन् ।

 

No description available.

 

समाजको विविधतालाई स्विकार्ने जो कोहीले यस विद्यालयलाई विविधताको संगम मान्ने गरेका छन् । रानीबन क्षेत्रमा खुलेर उत्कृष्ट शिक्षा दिदै आएको यस विद्यालयका बिद्यार्थीहरु आज सम्म असफल भएका छैनन्। कोभिडका बिच प्रतिष्पर्धात्मक रुपमा काठमाडौं प्याब्सनले लिएको एसइइ प्रि बोर्ड ( SEE Pre Board ) परीक्षामा समेत यस स्कुलका बिद्यार्थीले नै उत्कृष्ट नतिजा दिएका छन् ।

धनि , गरिब सबै दुख गरेर आफ्नो बच्चाको भबिष्य उज्वल बनाउन चाहने अभिभावकले तिर्न सक्ने मोडरेट शुल्कमा एउटा नमुना शिक्षा दिने,विद्यार्थीलाई सहि मार्गमा सफलता पुर्वक लैजाने गरेको एनसिबि स्कुल (NCEB School ) एउटा साँच्चै उत्कृष्ट विद्यालय बनेको छ । सो विद्यालयले गत बर्ष शिक्षा मन्त्रीको हातबाट सामाजिक सेवा अवार्ड समेत प्राप्त गरेको थियो।

news source: simpaninews.com

प्रतिक्रिया

सम्बन्धित समाचार