विद्यालय तहमा पढाउने शिक्षकका लागि २० घण्टाको कोर्स

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले शिक्षकहरुलाई लक्षित गरी सर्टटम कोर्स निर्माण गर्ने भएको छ । विद्यालय तहमा पढाउने शिक्षकहरुको आवश्यकतालाई मध्यनजर गर्दे कुल २० घण्टाको कोर्स निर्माण गरीएको छ ।

स्टिम पद्धतिमा निर्माण गरीएको उक्त कोर्स काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले अनलाइनबाटै कक्षा लिन सकिने जनाएको छ । साथै अन्य विभिन्न शिर्षकहरुमा पनि सर्टसम कोर्स निर्माण भइरहेको स्कुल अफ एजुकेसनका उपप्रध्यापक तथा स्टिम एजुकेसनका विभागीय प्रमुख विनोदप्रसाद पन्तले बताए । उनले परियोजना कार्यको निर्माण र प्रयोग, विद्यार्थी मुल्याङ्कन, शिक्षण सिकाइमा कलाको प्रयोग लगायतका विषय वस्तु समावेश गरी सर्टसम कोर्स निर्माण भइरेको जानकारी दिए ।

प्रयोगात्मक आधारमा बनाईएको २० घण्टाको कक्षा विश्वविद्यालयले निर्धारण गरेको मापदण्ड अनुसार पूर्णरुपमा लिएको अवस्थामा प्रमाण पत्र समेत उपलब्ध गराइने उनले बताए ।

शिक्षकहरुका लागि निर्माण गरीएको कोर्स भएपनि इच्छुक सबैले अध्ययन गर्न सक्ने छन् । कोर्स निर्माण गर्ने क्रममा रहेकाले अहिले नै शुल्क निर्धारण नगरीए पनि सस्तो शुल्कमा पढाउने तयारी भइरहेको पन्तले जानकारी दिए ।

प्रतिक्रिया