शिक्षा मन्त्रालयले प्रारम्भिक बालविकास राष्ट्रिय मापदण्ड ल्याउँदै

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बालविकास राष्ट्रिय मापदण्ड ल्याउने भएको छ । अन्तिम चरणमा रहेको मापदण्ड अर्थिक वर्ष २०७९/८० मा सार्वजनिक गर्ने तयारी मन्त्रालयले गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार प्रारम्भिक बालविकास राष्ट्रिय मापदण्ड तयार भएपनि अघिल्लो आर्थिक वर्षमा कोभिड -१९ का कारण सार्वजनिक गर्न नसकिएको र आगामि आर्थिक वर्षमा सार्वजनिक गर्ने तयारी रहेको बताएको छ ।

० देखि ८ वर्ष उमेरका बालबालिका शारीरिक, मानसिक तथा वौद्धिक, सामाजिक र संवेगात्मक विकासमा सहयोग पु¥याउने उदेश्यले प्रारम्भिक बालविकास मापदण्ड ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । साथै चार वर्ष उमेर पुरा भएका बालबालिकाको सर्वाङ्गीण विकास गराई आधारभूत शिक्षा कक्षा १ मा प्रवेशका लागि तयारी गराउने मापदण्डमा उल्लेख गरीएको छ ।

सुरक्षाका हिसावले पनि उनीहरुलाई अरु विद्यार्थीलाई भन्दा सुरक्षित वातावरण चाहिने, निरन्तर स्वस्थ्य जाँच गर्नुपर्ने, विवरण अभिलेख राख्ने, सामान्य उपचारको व्यवस्था विद्यालयमा गर्ने लगायतका विषय मापदण्डमा उल्लेख गरीएको छ ।

त्यसैगरी प्रत्येक विद्यालयमा एक जना सहजिकरण गर्ने शिक्षक, एक जना कर्मचारी र एक जना सहयोगी गरी तीनजना हुनुपर्ने मापदण्डमा भनिएको छ । सहजिकरण गर्ने शिक्षकको नयाँ नियुक्तिका लागि योग्यताको हकमा माध्यमिक परीक्षा (कक्षा १०) वा सोरह उत्तिर्ण अनिवार्य गरेको हुनेपर्ने छ ।

प्रतिक्रिया