एक स्कुल एक गणित प्रयोगशाला : गणितलाई जीवनसँग जोड्दै ‘एम म्याथ’

काठमाडौं । स्कुलहरुमा गणित प्रयोगतशाला निर्माण गर्ने क्रम बढ्न थालेको छ । ‘स्कल-स्कुलमा म्याथ ल्याव बनाऔँ, गणितलाई जीवनसित जोडौँ’ भन्ने नारासहित ‘एम म्याथ’दवारा सुरु भएको अभियान सकारात्मक बन्दै गएको पाइएको हो । सरकारी र निजी दुबै स्कुलमा विज्ञान र कम्युटर प्रयोगशाला भए पनि गणित प्रयोगशाला भने निकै कम निर्माण हुने गरेको पाइएको छ ।

‘एम म्याथ’का निर्देशक विश्वमणि अधिकारीका अनुसार नेपालमा पहिलोपटक ‘एक स्कुल एक गणित प्रयोगशाला’को अवधारणा ल्याएर स्कुलमा गणित प्रयोगशाला चाहिन्छ भनेर आवाज उठाएको र त्यसैको परिणाम स्वरुप स्कुलहरुमा हिजो आज गणित प्रयोगशाला बनाउने थालिएको हो ।

गणित प्रयोगशालामा सामग्री कसरी राख्ने, शिक्षक र विद्यार्थीहरुलाई त्यसको उपयोग कसरी गर्ने भन्ने सिकाएर गणितलाई जीवनसित जोड्ने उत्पे्ररणा प्रदान गरिरहेको निर्देशक विश्वमणिले बताए । यस्तै ‘एम म्याथ’ले मेन्टल म्याथ मार्फत पनि विद्यार्थीहरुलाई गणित अभ्यास गर्न सघाईरहेको छ ।

एक सय भन्दा बढी स्कुल र पृथ्वीनारायण क्याम्पस, पोखरामा समेत गणित प्रयोगशाला निर्माण भइसकेको ‘एम म्याथ’का प्रवन्धक निर्देशक दीपक अधिकारीले जानकारी दिए । डोल्पा, जुम्ला, सुर्खेत, सल्यान, कैलाली, मुस्ताङ, हेटौंटा, दोलखा, सिन्धुलीपाल्चोक, उदयपुर, मोरङ, झापा, संखुवासभा, ओखलढुंगा, तेर्हथुम, भोजपुर, धरान, गोरखा, तनहुँ, सिन्धुली, नुवाकोट, नवलपुर, पोखरा, काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा गणित प्रयोगशाला निर्माण भइरहेको उनले बताए ।

प्रवन्धक निर्देशक दीपकका अनुसार गणित प्रयोगशाला सबै स्कूलको पहुँच पुगोस भन्ने उदेश्यले ५० हजार देखि ३ लाखसम्मको प्याकेज समेत राखिएको छ । गणित प्रयोगशालामा एक तिहाई सामग्री रेडिमेड हुनेछ भने बाँकी सामग्री तालिममार्फत शिक्षक र विद्यार्थीलाई निर्माण संकलन गर्न सिकाइने ‘एम म्याथ’का बागमती प्रदेशका गणित प्रयोगशाखा प्रमुख नवराज पाठकले जानकारी दिए । यस्तै गणित प्रयोगशाला अवलोकन गर्न वा अर्डर गर्न ९८१३०१२८१२ मा सम्पर्क गर्न सकिने छ ।

 

प्रतिक्रिया