भीम रावलको प्रश्न : पाठ्यक्रममा कहाँबाट आयो ईसा ?

काठमाडौं । नेकपा एमालेका सांसद भीमबहादुर रावलले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नता रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका हुन् ।

पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै उनले शिक्षामन्त्रीलाई प्रश्न गरेका हुन् । ‘कहाँबाट आयो ईसा ?’ पाठ्यक्रममा ईसा लेख्न शिक्षामन्त्रीले आर्थिक लाभसमेत लिएको उनले आशंका गरेका छन् ।

‘पाठ्यक्रममा के लेखिएको रहेछ भने ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ। धर्मनिरपेक्ष भनिएको होइन देश रुमैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिएँ। ल कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएन रु कहाँबाट ईसा आयो रु यो शिक्षामन्त्रीजीलाई थाहा छ कि छैन रु’, उनले सोधे,ुकि सरकार आफैँ संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर्न पाइने छैन भन्ने लेख्ने, भित्र भित्र आफैँ कतैबाट फाइदा लिएर लागेको त छैन रु जनतालाई यसको जवाफ दिनुपर्छ । नत्र कसरी पाठ्यक्रममा लेखियो रु’

प्रतिक्रिया