गृहमन्त्रीकै संरक्षणमा विश्वविद्यालयमा तालाबन्दी भयो : यज्ञराज सुनुवार

काठमाडौं । सांसद् यज्ञराज सुनुवारले त्रिभुवन विश्वविद्यालयमा गृहमन्त्रीकै संरक्षमा विगत पाँच महिनादेखि तालाबन्दी भइरहेको बताएका छन् ।

विहिबार प्रतिनिधिसभामा बजेटमाथि खर्च कटौती प्रस्तावकका रुपमा बोल्दै सांसद सुनुवारले त्रिभुवन विश्वविद्यालयमा भएको तालबन्दीको आलोचना गर्दै प्रहरीकै स्कर्टिङमा आन्दोलनकारीहरुलाई विश्वविद्यालयको गेटमा पुर्याईने र घर फर्काउने काम भएको बताएका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयमा पाँच महिनाअघिदेखि तालाबन्दीको अवस्थामा छ । सुनिन्दैछ त्यहाँ प्रहरी स्कर्टिङमा आन्दोलनकारीहरुलाई विश्वविद्यालयको गेटसम्म पुर्याईन्छ र घर फर्काइन्छ । यो हालतमा छ विश्वविद्यालयको अवस्था’, उनले भने, ‘विश्व विद्यालयमा तालाबन्दी गर्ने राजनीतिक मुद्धालाई उठाएर तालाबन्दी गर्ने विद्यार्थीहरुका नेताहरुलाई गृहमन्त्रीकै संरक्षण र गृहमन्त्रीकै चेलाहरु छन् भन्ने बुझिन्छ । अनि हामी कसरी विश्व विद्यालयलाई विकास गर्छौँ ।’

उनले संघीय शिक्षा ऐनको अभावमा विश्व विद्यालयहरु अस्तव्यस्त भएको बताए । नेपालको शिक्षा क्षेत्र अस्तव्यवस्त भएको भन्दै संघीय शिक्षा ऐनमा शिक्षा मन्त्रालयले कुनै पनि ध्यान निदिएको आरोप लगाए । ‘संविधान जारी भएको यतिका बर्ष भइसक्यो । तर, आज संघीय शिक्षा ऐनको अभावमा हाम्रो विश्व विद्यालयहरु अस्तव्यवस्त बनिरहेका छन्’, उनले भने, ‘आज सिटीभिटी एकातिर गइरहेका छन् । विश्वविद्यालयहरु आफ्नै ढंगले संचालन भइरहेका छन् । यस्तो परिस्थितीमा संघीय शिक्षा ऐन आवश्यक्ता थियो । तर, शिक्षा मन्त्रालयले सरकारले यसतर्फ कुनै ध्यान दिएको छैन ।’

प्रतिक्रिया