
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले सुर्खेतस्थित जनज्योति माविको अवलोकन भ्रमण गरेकी छन् ।
जनज्योति माविले सञ्चालन गर्दै आएको पढ्दै कमाउँदै कार्यक्रमलाई सरकारले मोडल अभ्यासका रूपमा देशका झण्डै २ सयभन्दा धेरै विद्यालयमा बिस्तार गरेको छ ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले आफूले सिकेको प्राविधिक सीपलाई व्यवहारमा उतारेर पढ्दै–कमाउँदै गर्दै आएका छन् ।
राज्यमन्त्री यादवले नमुना विद्यालय अनुगमन गर्ने क्रममा सुर्खेतको जनज्योति आएको बताएकी छन् । विद्यालयका प्रधानध्यापक नारायण सिग्देलले मन्त्रीको भ्रमणले आफूहरूलाई उत्साही बनाएको बताए ।
प्रतिक्रिया