काठमाडौं युनिभर्सिटी र प्याब्सनबीच शिक्षकहरूलाई नेतृत्वसम्बन्धी तालिम दिने सम्झौता

काठमाडौं । काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन र प्याब्सनबीच प्याब्सनमा आबद्ध शिक्षकहरूलाई नेतृत्वसम्बन्धी तालिम दिने सम्झौता भएको छ ।

सम्झौतापत्रमा काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसनका डिन डा. बालचन्द्र लुुइँटेल र डा। धनपति सुवेदी, प्याब्सनका राष्ट्रिय अध्यक्ष डीके ढुङ्गाना, महासचिव आरबी कटुवाल, कोषाध्यक्ष सन्तोषमणि न्यौपाने र कृष्ण अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार, केयूएसओईडीले स्कुलका प्रिन्सिपलहरूको नेतृत्व र व्यवस्थापकीय क्षमताकमा लागि आवश्यक विश्लेषण गर्नेछ । त्यस्तै, कार्यशाला मोड्युलहरूको योजना र विकास गर्ने, कार्यशाला र सत्रहरूका लागि स्रोत सामग्री र कागजातहरूको योजना र विकास गर्ने कार्य पनि केयूएसओइडीले गर्ने छ ।

प्याब्सन केन्द्रीय समितिको भूमिका, कार्यक्रम र गतिविधिहरूमा संलग्न सबै आर्थिक खर्चहरू प्रबन्ध गर्ने, कार्यशाला र सत्रहरूको प्रभावकारी सञ्चालनका लागि उचित स्थान प्रदान गर्ने, सातै प्रदेशका विद्यालय प्रमुखहरूका लागि प्रगतिशील र उत्साहजनक वातावरण सिर्जना गर्नेलगायतका भूमिका रहनेछ । त्यस्तै, कार्यक्रमहरूको निरन्तर मूल्याङ्कन पनि प्याब्सन सेन्ट्रल कमिटीको भूमिकाअन्तर्गत रहेको छ ।

प्रतिक्रिया