मनाल्सु वर्ल्ड कलेजको ‘एसइई सम्मान’ कार्यक्रम सम्पन्न

काठमाडौं । चाबहिल चुच्चेपाटीस्थित मनाल्सु वर्ल्ड कलेजले एसइई सम्मान कार्यक्रम २०७९ सम्पन्न गरेको छ ।

स्थापनाकालदेखी नै आयोजना गर्ने गरिएको यस सम्मान कार्यक्रममा यसपाली २०७८ सालमा सम्पन्न एसइइ परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विभिन्न विद्यालयका विद्यार्थी तथा प्रिन्सिपलहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा करिब १०० भन्दा बढी विद्यालयका ३०० विद्यार्थी र १०० भन्दा बढी शिक्षक शिक्षिकाहरू सम्मानित गरिएको छ ।

सम्मानित विद्यार्थी मध्ये एसइईमा ४ जिपिए ल्याउन सफल फरक(फरक विद्यालयका दुई विद्यार्थीहरूले कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा मनास्लु जस्तो प्रतिष्ठित कलेजले सम्मान गरेकोमा गौरव महसुस भएको बताउँदै उनीहरूले कलेजलाई धन्यवादसमेत दिए ।

 

प्रतिक्रिया