कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को नतिजा आज सार्वजनिक भएको छ । शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो ।

यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् भने नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्‍च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४१७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३०१०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन् । ६५२८८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएका छन् । ६४०९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन् । १०९०० जनाले २.१ देखि २.४ जिपिए ल्याएका छन् ।

त्यस्तै १.६. २ जिपिए ल्याउने ३५ जना छन् । नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड बृद्विका लागि १ लाख ३० ८७८ जनाले दिन पाउनेछन् । जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए ।

प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक नल्याएका विधार्थि फेल भएका छन् । बोर्डका अनुसार त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्नेछ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार २ विषय लागेकाले असोज ३० र ३१ गते ग्रेड बृद्विका लागि परीक्षा दिन पाउनेछ ।

नतिजा बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result  मा गएर हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने छ भने १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया